बुटवल,४ भदौ ।
विश्व बन्धुत्व दिवस तथा राजयाेगिनी दादी प्रकाशमणि ज्युकाे १८ औं स्मृति दिवसकाे अवसरमा भदौ ६ गतेदेखि ९ गतेसम्म बिशाल रक्तदान महादान अभियान सञ्चालन हुने भएको छ ।

ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय नेपाल क्षेत्रीय कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि बिशाल रक्तदान महादान अभियान बारे जानकारी गराएको हो ।

रक्तदान गर्दा आफू पनि स्वस्थ भइने र अरूको ज्यान पनि बच्ने भएकोले रक्तदान महाअभियान सञ्चालन गर्न लागिएको
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय नेपाल, क्षेत्रीय कार्यालय बुटवलकि ब्रम्हाकुमारी दिदी ले जानकारी दिइन् ।

नेपाल र भारतमा समेत गरि एक लाख युनिट रगत संकलन गर्ने लक्षसहित अभियान सञ्चालन गर्न लागिएको ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय नेपाल, क्षेत्रीय कार्यालय बुटवलका ब्रम्हाकुमार नारायण भाईजी ले बताए ।

महाअभियान अन्तर्गत बुटवल र आसपासका जिल्लाहरूबाट मात्रै
पाँच हजार युनिट रगत संकलन गर्ने लक्ष्य रहेको उनलेे बताए ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चाैहान क्षेत्री,नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा रूपन्देहीका मन्त्री टेकबहादुर थापालगायतले रक्तदानकाे महत्व बारे प्रकाश पारेका थिए ।

ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय,समाज सेवा प्रभागकाे आयोजनामा सञ्चालन हुने महाअभियान अन्तर्गत बुटवलको ब्रम्हाकुमारी विश्व विद्यालय नेपाल क्षेत्रीय कार्यालय र बुटवलको देविनगर स्थित दुर्गा मन्दिर प्राङ्गणमा रक्त संकलन गरिने जनाइएको छ ।