काठमाडौँ,३ भदौ ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली भई कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशको तराईका एक-दुई स्थानमा समेत मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई भू-भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध समेत गरेको छ ।

नेपालमा मनसुन केही कमजोर रहेको तर बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।