नवलपरासी,२ भदाै ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरो द्वारा आयोजित दुई दिने प्रशिक्षण समापन भएको छ ।
नवलपरासीको बर्दघाटमा आइतबारदेखि शुरु प्रशिक्षण सोमबार अबेर सकिएको हो । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिंह श्रीस, स्थायी समितिका सदस्यहरु हेमन्त प्रकाश वली सुदर्शन,कृष्ण राज पौडेल , पोलिटब्युरो सदस्य परी थापा, सिताराम तामाङ, प्रेम सुबेदीले प्रशिक्षण दिएको साे पार्टीले जनाएको छ ।
उक्त प्रशिक्षणमा दर्शनशास्त्र , ऐतिहासिक भौतिकवाद , नेपालको कम्युनिस्ट आन्दोलन , तात्कालिक राजनैतिक परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
समापन कार्यक्रममा पार्टी नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको संचालन बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय, क्रान्तिकारी युवा संघका संगिन भिउ थापालगायतले आ आफ्नो भनाइ राखेका थिए । प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ता सहभागी थिए ।






