बुटवल,२ भदौ ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ भबई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित एक जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाकाे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोध रहेका छन् ।
साेमबार प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी रूपन्देही, गैडहवा गाउँपालिका-५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






