दाङ,२ भदौ ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा दाङकाे तुलसीपुरबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी रहेका छन् ।
लाई प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई आइतवार दिउँसो पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






