बुटवल,१ भदौ ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर रुपन्देहीमा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्ग रहेका छन् ।
साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खड्काका अनुसार आइतबार दिउँसो करिब ३:३० बजेको समयमा साथीहरूसँगै पौडी खेल्नेक्रममा एक्कासि डुबेपछि उद्धार गरी कपिलवस्तु स्थित पिपरा अस्पताल पुराए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतक बालकको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमै राखिएको छ ।






