नवलपरासी,१ भदाै ।
माेहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोकाे प्रशिक्षण नवलपरासीको बर्दघाटमा सुरु भएको छ । आइतबार पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिंं श्रीसले एक कार्यक्रमकाबीच उदघाटन गरेका हुन् ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली (सुदर्शन), कृष्ण राज पौडेल, पोलिटब्युरो सदस्य परी थापा, सिताराम तामाङलगायतले मन्तव्य राखेका थिए । साे अवसरमा पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुबेदी, केन्द्रीय सल्लाहकार युवराज न्यौपानेलगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।
पार्टीका पाच नम्बर ब्युरो सचिव जितामित्र सुनारको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयलगायतका नेताहरूले कार्यक्रमकाे आवश्यकता र औचित्य बारे प्रकाश पारेका थिए ।
प्रशिक्षणमा ब्यूरो अन्तरगतका ६ जिल्लाका जवस मोर्चाका नेता कार्यकर्ता सहभागी रहेको साे पार्टीले जनाएको छ । दुई दिने प्रशिक्षणमा दर्शनशास्त्र, ऐतिहासिक भौतिकवाद,नेपालको कम्युनिस्ट आन्दोलन, तात्कालिक राजनैनिक परिस्थितिलगायतका विषय समाबेश रहेको बताइएको छ ।






