चितवन,१ भदौ ।
नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा अवरुद्ध भएको सडक ८ बजे पहिरो पन्छाएर सुचारु भएको केहि समयपछि पुनः पहिरो खसेको हो ।
पहिरोका कारण अहिले सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले



