बुटवल,३१ साउन ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीको आयोजनामा रूपन्देहीको तिलोत्तमामा तीज मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।

समाजका अध्यक्ष डा नारायणप्रसाद पन्थको अध्यक्षता, राष्ट्रिय सभाका सदस्य विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल बैंक लिमिटेड बुटवलका शाखा प्रबन्धक प्रतीज्ञा सुवेदी,समाजका पूर्व सहसचिव ईश्वरा अर्याल,कार्यक्रम संयोजक कविता अर्याल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

“बुझौं हाम्रो रीति र थिति, जोगाउँ हाम्रो गौरवमय संस्कृति” भन्ने मूल नाराका साथमा बि. सं. २०६० सालमा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले जनाएको छ ।