बुटवल,३१ साउन ।
१६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पाल्पाकाे माथागढीबाट ६२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाको माथागढी गाउँपालिका-१ बस्ने ६२ वर्षीय पुरुषलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट माणीफाँटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ४२ वर्षीय पुरुषलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-५ आमबोटे बस्ने ३७ वर्षीय पुरुषलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






