बुटवल,३१ साउन ।
सहकारी ठगी प्रकरणमा मुद्दा पुर्पक्षका लागि रूपन्देहीको भैरहवा स्थित जिल्ला कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गरिएको छ ।
उनलाई शनिबार भैरहवा विमानस्थलबाट ललितपुरको नख्खु कारागार लगिएको हो ।
काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै नख्खु कारागार लगिएको थियो ।
रविलाई नख्खु कारागारमा राखिने भएपछि बाहिर रास्वपाको समर्थक बाक्लोरुपमा उपस्थित भएका थिए । रवि पुग्ने बित्तिकै उनीहरुले नाराबाजी गरेका थिए भने रविले हात हल्लाएका थिए ।
नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए ।
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।
उनलाई कारागार स्थानान्तरण नगरेको भन्दै रास्वपालगायतका विपक्षी दलहरूले संसदमा बिराेध समेत गरेका थिए ।






