बुटवल,३१ साउन ।
बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनकाे १७ औ बार्षिकाेत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता डा. बुद्ध बहादुर थापाले माेफसलमा रहेर १६ बर्षसम्म अनवरत रूपमा टेलिभिजन सञ्चालन गर्नु आफैमा महत्वपुर्ण भएको भन्दै गैर नाफामुलक सामुदायिक संचार माध्यमलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।
पछिल्लो समय मिडियाहरूले राज्यको माया र सद्भाव पाउन नसकेको अनुभुती गरेको भन्दै उनलेे राज्य मिडियामैत्री हुनुपर्नेमा जाेड दिए ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले बार्षिकाेत्सवकाे अवसरमा शुभकामना दिदै टेलिभिजनलाई यो अवस्थासम्म ल्याई पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सञ्चालक समिति,पत्रकार तथा कर्मचारीहरूप्रति आभार ब्यक्त गरे ।
कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष समेत रहेका राष्ट्रिय टेलिभिजन प्रसाण संघ लुम्बिनी प्रदेश अध्यक्ष गाेपाल ज्ञवालीले समुदाय स्तरबाट सञ्चालित सामुदायिक टेलिभिजनहरूलाई राज्यले सहयोग गर्नुपर्नेमा जाेड दिए ।
टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले आगामी दिनमा टेलिभिजनका कार्यक्रम तथा समाचारलाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्वता ब्यक्त गरे ।
साे अवसरमा कार्यक्रम सञ्चालक ज्याेतिष पं चेतनारायण सुवेदीलगायत टेलिभिजन सञ्चालन समितिका पदाधिकारी तथा सदस्य एवं पत्रकार,सञ्चारकर्मीहरूले टेलिभिजनकाे आगामी कार्यक्रम र योजना बारे चर्चा गरेका थिए ।






