काठमाडौँ,३१ साउन ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन
गरेको छ । जसअनुसार पेट्रोलको मुल्य बढेको छ भने डिजल र मट्टीतेलको मुल्य घटेको छ । निगमले शुक्रबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर २.३३ रुपैयाँ बढेर आएको र डिजलमा १.२७ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ कायम भएको छ ।