बुटवल,३० साउन ।
एमसिसि परियोजना ठेक्का सम्झौता भएपछि विप्लव नेतृत्वको नेकपाले शुक्रबार देशैभर बिराेध प्रदर्शन गरेको छ ।
यसैबिच बुटवलमा पनि नेकपा रुपन्देहीले बिराेध प्रदर्शन गरेको छ ।
बुटवलको पुरानो बषपार्कदेखी एमसिसि बिरुद्द नाराजुलुस गर्दै पुष्पलालपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्युरो सदस्य बिनोद उपाध्यायले दक्षीण एसियालाई फौजि ढंगले कब्जामा राख्ने रणनीतिस्वरुप आएको एमसिसि कुनैपनि हालतमा कार्यान्वयनमा जान दिन नहुनेमा जाेड दिए । उनले भने -” यो सैन्य रणनीति हो अमेरिकाले नेपाललाई आधार बनाएर दक्षिण एसियामा उसको प्रभाव बनाउन चाहन्छ तेसैले उ जसरी पनि कार्यान्वयनमा जान्छ । तर शासकदलहरु यसखालको राष्ट्रघाति कदमलाई जसरी अगाडी बढाउन खोज्दैछन यसले संकट उनिहरुलाई समेत निम्त्याउँछ भन्नेकुरामा हेक्का राखुन ।”
हामीले बलिदानीपुर्ण संघर्ष गरेर ल्याएको गणतन्त्रमा हालिमुहालि गर्दै शासकहरुले राष्ट्रघात गरेकाे भन्दै उनले एमसिसि खारेज गर्नुको बिकल्प नरहेको बताए ।
यस्तै नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही सेक्रेटरी बिरेन्द्र बिकले नेपालको संबिधान र नेपाली राष्ट्रीय स्वाधिनता भन्दा माथि हुने गरी एमसिसि लागु गर्न खोजिएको भन्दै त्यसका बिरुद्ध संघर्ष गर्नुपरेको बताए । ९० % जनता एमसिसिका बिरुद्ध हुँदापनी २०७८ साल फागुन १५ गते एमसिसि सम्झौता संसदबाट पास गरी राष्ट्रघातगरेको उनले दाबी गरे ।
बिदेशि सहयोग तथा अनुदान बिरोधि हामी हैनौं तर बिर पुर्खाले जोगाएको देशमा स्वाधिनता बिरोधि बैदेशिक हस्तक्षेप किमार्थ स्विकार्य नहुने उनलेे चेतावनी दिए ।
कार्क्रममा नेकपाका पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठ, केन्दीय सदस्यहरु सरद वलीलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
पछिल्लो समय ट्रम्प प्रशाशन नेतृत्वमा आएपछि अलमलमा परेको एमसिसि परियोजना पुन: लागु गर्ने निर्णयसंगै हिजो मात्र ठेक्का सम्झौता गरि कार्यान्वयनमा जाने भएपछी यसका बिरुद्धमा रहेका शक्तिहरु देशैभर बिरोधमा उत्रिएका छन ।






