भैरहवा,३० साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम भैरहवामा शुरु भएको छ ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने प्रशिक्षणको पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले उद्घाटन गरेका छन् ।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ राजनीतिक धार , प्रवक्ता मनिष झाले पार्टीको अभियान, केन्द्रीय सदस्य तोसिमा कार्कीले उम्मेदवारीको तयारी, सुमना श्रेष्ठले सुशासन बारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा सदस्य तथा पार्टीका जिल्ला पदाधिकारीहरूकाे सहभागीता रहेकाे छ ।