गुल्मी,२९ साउन ।
गुल्मीकाे रिडी–तम्घास खण्ड पहिराेले अवरुद्ध भएकाे छ ।
बिहीबार बिहान खसेकाे पहिरोले यो सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सवारी आवागमन पुर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको छ ।
निरन्तरको वर्षाले काममा अवरोध भएको र वर्षा रोकिनासाथ अवरोध हटाएर सवारीसाधन सञ्चालन गरिने उनले बताए ।
यो सडक नखुलेसम्म पानी ट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ ।








