बुटवल,२८ साउन ।
रोटरी क्लव अफ बुटवलले यस क्षेत्रमा गरेका सामाजिक कामको रोटरी ३२९२ का डिष्ट्रिक गर्भनर विनोद कोईराला, सेक्रेटरी सुभाष सिग्देलको टोलीले स्थलगत अवलाेकन गरेको छ ।
विशेष गरि रोटरी क्लव अफ बुटवलले तिलोत्तमाको वनवाटिका तथा अनुसंन्धान केन्द्र भित्र संचालन गरेको मोनो रेल, रोटरी वाटिका,ई लाइबेरी तथा शाईन्स थ्रेटर, रक्तदानका लागि प्रदान गरिएको रोटरी एम्बुलेन्स बस,एम्बुलेन्स भ्यान, मगरघाटमा निर्माण गरिएको पर्यावरणमैत्री रोटरी शवदाह गृहको अवलोकन गरेको रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले जानकारी दिए ।
निरिक्षणका क्रममा वनवाटिका तथा अनुसंन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डेले रोटरीले मानवीय सेवासंगै पार्कमा ठुलो लगानीमा संचालित परियोजनावाट वार्षिक करिव २० लाख आम्दानी हुने गरेको र सो आम्दानीको २० प्रतिशत आपतकालीन कोषमा राखेर परियोजना संचालन गदै गर्दा मर्मत संभार गर्नुपर्दाको समयमा खर्च गर्ने गरि व्यवस्था मिलाईएको बताए ।
अवलोकन पछि अफिसियल क्लव भिजिट, १५७७ रेगुलर मिटिङ र तेस्रो क्लव एसेम्बल्ली कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा डिष्ट्रिक गर्भनर कोईराला समक्ष रोटरी क्लव अफ बुटवलले वर्ष २०२५/०२६ मा गर्ने वार्षिक कार्यक्रमका वारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा क्लवका एडमिन डाईरेक्टर खिमनारायण पराजुली , क्लव सर्भिस डाईरेक्टर लालहरी पाण्डे, द रोटरी फाउन्डेशन डाईरेक्टर छबिन्द्र भट्रराई,मेम्वरसिप कमिटी डाईरेक्टर जीवकान्त काफ्ले, पब्लिक कमिटी डाईरेक्टर गोबिन्द खनाल,प्रिसिडेन्ट ईलेक्ट मधु प्रसाद अर्यालले क्लवले यो वर्ष गर्ने,आ आफ्ना सेक्टरका काम वारे प्रकाश पारेका थिए । सोही समारोहमा क्लवका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरीहरुले आयोजना गर्ने पदहस्तान्त्ररण कार्यक्रम भडकिलो हुने गरेकोमा सच्चाउन र रोटरीयनले तिर्दै आएको शुल्कलाई बढाउन र खर्च कम गर्न सुझाव दिए ।
रोटरी क्लबका तर्फवाट राखिएका कार्ययोजना सुनिसकेपछि निकै प्रफुल्ल हुनु भएका डिष्ट्रिक गर्भनर विनोद कोईरालाले रोटरीको महत्वलाई थप उचाईमा पुराउदै दाताहरुसंगको सम्बन्धलाई थप प्रगाढ बनाउन सके दाताहरुको सहयोगमा बृद्धि हुने र मानविय आवश्यकताका थप काम गर्न सहज हुने धारणा राखे । गर्भनर कोईरालाले विश्वमा शान्ति स्थापनाका लागि रोटरीको योगदान महत्वपूर्ण रहेको भन्दै विश्वभर स्कलर्स सिप मार्फत पिस स्कलर्सहरु तयार गरी करिब १९ सय पिस स्कलर्सलाई शान्ति स्थापनाका लागि खटाईएको बताए । उनलेे रोटरीमा एकता र युनाईटेट जरुरी रहेको प्रसङ उल्लेख गदै नहुनेहरुलाई दिन सक्ने र नभएकाहरुको आवश्यकता पुरा गर्नका लागि मानविय सेवाले ओतप्राेत हुन निर्देशन समेत दिए । क्लबका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






