बुटवल,२८ साउन ।
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल ले जनाएको छ ।
नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जालमा सुचना जारी गरि आज बिहान ८.३० बजेतिर पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्दबाबा क्षेत्रमा बर्षाको कारण माथिबाट ढुङ्गा खसेपछि सडक अवरुद्ध भएको जानकारी गराएको हो ।
सडक अवरुद्ध भएपछि पाल्पा तर्फबाट आउने सवारी साधन दोभान चेक पोस्ट अगाडि र पाल्पा तर्फ जाने सवारी साधन चिडियाखोलामा रोकिएकोले सडकको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।







