पाल्पा,२७ साउन ।
छिमेकीकाे कुटपिटबाट पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादी बस्ने ४४ वर्षीय रामबहादुर अर्घाली रहेका छन् ।
उनको स्थानीय झविन्द्र खाम्चाको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मदिरा सेवन गरी सामान्य झगडामा भएको कुटपिटबाट घाइते भएका अर्घालीकाे उपचारपछि घर फर्केपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवन कुमार भट्टराईले जानकारी दिए । कुटपिटमा संलग्न रहेको आराेपमा खाम्चालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मदिरा सेवनका क्रममा सामान्य कुटपिटबाट घाइते भएका रामबहादुरलाई उपचारका लागि अस्पताल लगिएकाे थियो । कुटपिट गर्ने र कुटाइ खाने दुवै जना सँगै हिड्ने साथीभाई भएको र योजनावद्ध कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि हुन नसकेको प्रहरीकाे भनाइ छ ।






