काठमाडौँ,२६ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली भई देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ ।

हाल देशभर मनसुनको प्रभाव रहिरहेकोले ताजा मौसमी सूचनाको जानकारी लिएर यात्रा गर्न महाशाखाको सुझाव छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले हाल देशभरिकाे माैसम साधारणतया बदली रहेको महाशाखाले जनाएको छ ।