पाल्पा,२३ साउन ।
बर्षासँगै पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले अवरुद्ध भएको हो । बिहान ५ बजे ठूलो पानी परेको र ड्याम साइड र सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

वर्षासँगै पुनः पहिरो खसेकाले सडक अवरुद्ध भएको र वर्षा रोकिनासाथ सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाइने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौं सवारी साधन सडकमै अलपत्र परेका छन् ।