उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी राजेश नगदसहित सम्मानित
बुटवल,२१ साउन ।
बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ देशमै सबैभन्दा उत्कृष्ट जिपिए ल्याउन सफल भएको जनाएको छ ।
साे विद्यालयका राजेश पौडेलले विज्ञान संकाय तर्फ देशमै उत्कृष्ट ३.९६ जिपिए ल्याएको विद्यालयकाे दाबी छ ।
कक्षा १२ को परिक्षामा विज्ञान संकाय तर्फ देशमै सबैभन्दा उत्कृष्ट जिपिए ल्याएको भन्दै विद्यालयले उत्कृष्ट विद्यार्थी पौडेललाई बुधबार नगद १५ हजारसहित सम्मान समेत गरेको छ ।
सो अवसरमा विद्यार्थी राजेश पौडेलले आफुले नेपालमा नै अध्ययन गर्ने सोच भएको बताए । ‘म नेपालमा नै पढ्ने सोच भएको छु । अब मैले इन्जिनियरिङ्ग अध्ययन गर्ने तयारी गरेको छु, सकेसम्म नेपालमा नै केही गर्ने मेरो सोच छ,’– उनले भने । विद्यालयले विद्यार्थीहरुको धेरै हेरविचार गर्ने भएकाले आफुले उक्त जिपिए ल्याउन सफल भएको बताए ।
यस्तै विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले आफुहरुले प्रचारलाई भन्दा पनि गुणस्तरीय शिक्षामा विशेष ख्याल गर्ने गरेको बताए । जसको परिणाम स्वरुप विद्यालयले सफलता हासिल गर्न सफल भएको बताए । साथै विद्यालयले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै गर्ने अवसर पनि प्रदान गर्ने गरेको बताए ।
विद्यालयका प्राचार्य शंकर भण्डारीले कक्षा १२ को परीक्षामा विज्ञान संकायमा सतप्रशित र व्यवस्थापन संकायमा ८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको बताए । साथै प्राचार्य भण्डारी विज्ञान संकायमा क्यान माध्यमिक विद्यालय प्रथम भएको दाबी समेत गरे ।
परीक्षामा व्यवस्थापन संकायबाट १५० जना र विज्ञान संकायबाट २९ जना गरी १७९ जना विद्यार्थीहरु सहभागि रहेका थिए । साथै विद्यालयले विद्यार्थीबाट अक्तिरिक्त क्रियाकलापका लागि कुनै शुल्क नलिने गरेको बताउँदै गुणस्तरीय शिक्षामा केन्द्रित हुँदा राम्रो सफलता हात पारेको विद्यालयले जनाएको छ ।







