पाल्पा,१९ साउन ।
ढुंगासहितको पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड सञ्चालनमा आएको छ ।

सिद्वार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्र स्थित नागथान नजिकै सडकमाथि बाट खसेको ढुंगासहितको पहिरो पन्छाएसँगै सडक सुचारु भएको नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल ले जनाएको छ ।

सिद्धबाबा मन्दिरनजिकै कम्तीमा तीन स्थानमा ठूलो चट्टान र माटोसहितको पहिरो खसेर सडक तीन घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले तराईबाट पाल्पा साथै गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारीसाधन प्रभावित हुने गरेका छन् ।