नवलपरासी,१९ साउन ।
नवलपरासी पूर्वकाे दाउन्नेमा पहिरो खसेर पुर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डमा पर्ने विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जालमा सुचना जारी गरी सोमबार दिउसो १२: ५० बजेको समयमा जिल्ला नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी-२ विश्‍वकर्मा मन्दिर नजिकै पूर्व-पश्चिम राजमार्गमा बर्षातको कारण माथिबाट पहिरो खसी राजमार्ग दुई तर्फि अवरोध भएको जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले पनि सुचना जारी गरि दाउन्नेमा पहिरो खसेर बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

सडक अवरुद्ध भएपछि पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा सवारीसाधनको लामो जाम लागेको छ ।