काठमाडौँ,१९ साउन ।
आज दिउँसो देशभरकाे माैसम सामान्य बदली भई अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई नजिक, सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

देशभर पूर्णतया बदली रहेको वर्तमान मौसमस्थितिमा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार
आगामी केही दिन मनसुन सक्रिय रहने भएकाले मधेश प्रदेशसहित देशभर मौसमको प्रभाव कायमै रहने संकेत गरिएको छ ।