बुटवल,१५ साउन ।
मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम हिनामिना गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले बुधबार भक्तपुरबाट पक्राउ गरेको थियो । एमालेको राजनीतिमा समेत संलग्न सिलवाल यसअघि एमाले चितवन काठमाडौं सम्पर्क मन्चको अध्यक्ष थिए । उनी हिसानका उपाध्यक्ष समेत हुन् ।