बुटवल,१५ साउन ।
गुल्मी जिल्लाकाे कालिगण्डकी गाउपालिका वडा नं १ गरगरेमा पहिरो जाँदा कालिगण्डकी करिडोर दुई तर्फि अवरुद्ध भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जाल मार्फत सुचना प्रकाशित गरि पहिरो खसेर कालिगण्डकी करिडोर सडक दुईतर्फी अवरुद्ध भएको जानकारी गराएको हो ।
आज बिहान ७:४० बजेको समयमा जिल्ला गुल्मी कालिगण्डकी गाउपालिका वडा नं १ गरगरेमा पहिरो गएर दुई तर्फि सडक अवरुद्ध भएको सुचनामा जनाइएको छ ।







