काठमाडौ,१४ साउन ।
अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेशअन्तर्गत यतिबेला काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ ।
आज राति देशका पहाडी क्षेत्रका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज रातिदेखि भोलि बिहान ६ बजेसम्म प्रदेशगत रूपमा यस्तो छ, वर्षाको सम्भावना:








