काठमाडौँ,१४ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रहनुका सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लु्म्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।