बुटवल,१३ साउन ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरेमा सडकमाथिबाट पहिरो खसेर कालिगण्डकी करिडोर पूर्णरूपमा अबरुद्ध भएको छ ।

कालिगण्डकी करिडोर अन्तर्गत गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरेमा सडकमाथिबाट पहिरो खसेर आज बिहान ८.१० बजेदेखि कालिगण्डकी करिडोर पूर्णरूपमा अबरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।