काठमाडौँ,१३ साउन ।
आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेनुका साथै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुकासाथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसकाे प्रभावले हाल देशभरकाे माैसम साधारणतया बदली रहेको छ भने कोशी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रेदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।







