काठमाडौँ,१२ साउन ।
रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ ।

गृहमन्त्रालयले सोमवार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानेको हो ।
मन्त्रालयकाे विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा बन्धु बास्तोलालाई पठाइएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि मन्त्रालयमा तानिएको छ । थापाले असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेपछि विवादमा परेका थिए ।