काठमाडौँ,१२ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहनुकासाथै मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले देशभर मौसममा प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ । विशेषगरी पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।







