बुटवल,९ साउन ।
गर्मी बढेकाे भन्दै रुपन्देहीको भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले गर्मी बिदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा बिदा दिन निर्देशन दिएको हो ।

गर्मीका कारण विद्यार्थी बिरामी परेको गुनासो आइरहेकाे भन्दै नगरपालिकाले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ सहितमा व्यवस्था भए अनुसार वर्षे/ हिउँदे बिदाबाट कट्टी हुने गरी साउन ११ गते देखि १३ गतेसम्म बिदा दिन आग्रह गरिएको नगर प्राउख इस्तियाक अहमद खाँले बताए ।

परीक्षा चलिरहेका विद्यालयकाे परीक्षा भने नरोकिने नगरपालिकाले जनाएको छ ।