काठमाडौं,९ साउन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टी सदस्यबाट वञ्चित गराउनु पर्ने कुनै कारण नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनलेे आफुलाई पार्टी सदस्यबाट बञ्चित गर्नुपर्ने कुनै कारण नभएको बताएकी हुन्
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पूर्ण संवाद भएको बताउदै भण्डारीले आफ्नो कुनै महत्त्वाकाङ्क्षा नभएको पनि प्रस्ट पारेकी छिन् ।
‘च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपूर्ण संवाद भएको थियो तर केन्द्रीय समितिले अर्को निर्णय गरेको सुनेर म दुःखी छु,’ भण्डारीले भनिन, ‘पार्टी सदस्यता नवीकरण यो मेरो संवैधानिक र व्यक्तिगत अधिकार हो, पार्टी सदस्यबाट मलाइ वञ्चित गराउनु पर्ने कुनै कारण छैन ।’






