बुटवल,९ साउन ।
मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएसँगै देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ ।

भैरहवाको तापक्रम आज ३९ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै जनकपुरको ३८, दिपायलको ३७.७ र सिमराको ३७.६ सम्म तापक्रम पुग्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज ताप्लेजुङ, विराटनगर, काठमाडौँ , पोखरा, डडेलधुरा लगायतका सहरमा पानी पर्ने सम्भावना रहेकोले ती स्थानमा तुलनात्मक रूपमा तापक्रम मध्यम रहने छ ।
अन्य ठाउँको तापक्रम कति ?