काठमाडौंं,८ साउन ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियाेस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

यस्तै, आज प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, र विधायन व्यवस्थापन समितिका बैठकहरू पनि बस्दै छन् ।

समितिहरूमा हवाई सेवा, जलस्रोत विधेयक, र राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने कार्यसुचि रहेको छ ।