काठमाडौँ,६ साउन ।
हाल पदेशभर मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र वर्षा भइरहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार अधिकांश ठूला नदीहरूको बहाव सतर्कता तहभन्दा तल भए पनि देशका थुप्रै साना नदीमा बहाव बढ्ने सम्भावना रहेको छ ।
मंगलबार ताप्लेजुङदेखि बाग्लुङ र गुल्मीसम्मका पहाडी तथा पहाडी आसपासका जिल्लामा साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ । इलाम, झापा, दार्चुलालगायतका अन्य धेरै जिल्लामा भने मध्यम जोखिम रहने पूर्वानुमान छ ।
सम्भावित जाेखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।







