काठमाडौँ,६ साउन ।
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण कालिगण्डकी करिडोरसहित देशका विभिन्न ६ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक गरेको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसतै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा अवरोध रहेको छ ।

उता, लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोड डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । यसबाहेक पाँचवटा सडक खण्ड एकतर्फीरुपमा सञ्चालनमा रहेकाे प्रहरीले जनाएको छ ।