बुटवल,३ साउन ।
बैदेशिक शिक्षा सेवा र शैक्षिक परामर्श सम्बन्धि कार्य गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले बुटवलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलको राजमार्ग चौराहामा आइतबार आयोजना हुन गइरहेको शैक्षिक परामर्श कार्यक्रम “द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५” को पूर्वसन्ध्यामा राजमार्ग चौराह क्षेत्रमा सरसफाइ गरेको हो ।
शिक्षासँगै स्वच्छता अभियान अन्तर्गत आयोजक एक्सपर्ट एजुकेशन टिमले स्थानीय क्षेत्रको सरसफाइ गर्दै स्वच्छ वातावरण अभियान सञ्चालन गरेको बताइएको छ । संस्थाले युके, क्यानडा, अस्ट्रेलिया, अमेरिका र न्यूजील्याण्ड जस्ता विकसित राष्ट्रमा अध्ययन गर्न जाने बिद्यार्थीका लागि आवश्यक सेवा र परामर्श प्रदान गर्ने उद्धेश्यले ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५’ आयोजना गर्न लागिएको जनाइएको छ ।
रुपन्देही र आसपासका विद्यार्थीहरूलाई उच्च शिक्षा सम्बन्धी परामर्श, अवसर र जानकारी दिने लक्ष राखिएको साे शैक्षिक सेमिनार कार्यक्रमलाई बुटवलकै ठूलो शैक्षिक कार्यक्रमको रूपमा हेरिएको छ ।
बुटवलमा शाखा कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले विशेष गरि क्यानडा, अमेरिका, अस्ट्रेलिया, युके, न्यूजील्याण्ड अध्ययनका लागि जान चाहाने बिद्यार्थीको मागलाई मध्यनजर गदै आफुहरुले ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५’ शैक्षिक भेला अर्थात सेमिनारको आयोजना गरेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.का निर्देशक शंकर सापकोटाको भनाई छ । निर्देशक सापकोटाले बिदेशमा गरेको अध्ययन, सिकेको सिप र आर्जन गरेको कमाईलाई स्वदेश फर्केर आफ्नै देश र समाजमा लगानी गर्न आग्रह गरेका छन् ।
बिदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई २ दशकदेखि सेवा प्रदान गर्दै आएको साे संस्थाले सामाजिक रुपमा आफ्नो दायित्व समेत पुरा गर्दै आएको छ । खासगरि अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजील्याण्ड लगाएतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीको रुचि र चाहाना अनुरुप संस्थाले समय समयमा विभिन्न देशका काउन्सिलर अर्थात सहजकर्ताहरु मार्फत विश्वसनिय सेवा र परामर्श प्रदान गर्न यस्ता किसिमका भेला तथा सेमिनार आयोजना गर्दै आएको एक्स्पर्ट एजुकेसन बुटवल शाखाका बिजनेस डेभलपमेन्ट म्यानेजर काशीराज गौतमको भनाई छ ।
एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेज शैक्षिक परामर्श सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत अन्तर्राष्ट्रियस्तरमा सम्मानित समेत भैसकेको छ ।
हालसम्म नेपालका प्रमुख शहरहरु काठमाण्डौं, पोखरा, बुटवल, भैरहवा, चितवन, नवलपरासी, इटहरी, विर्तामोड, नेपालगञ्ज लगाएत १९ स्थानमा शाखा विस्तार गर्न सफल भएको संस्थाले जनाएको छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लिले नेपालमा बिगत दुई दशकदेखि सेवा उपलब्ध गराउदै आएको छ । हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ७० हजार बढी विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भिषा सम्बन्धी सेवा उपलव्ध गराएको प्रा.लिले जनाएको छ ।








