काठमाडौ,२ साउन ।
शैक्षिक हडताल अवज्ञा गरेको भन्दै ललितपुरको गोदावरी क्षेत्रमा स्कुलको गाडी तोडफोड भएको छ ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले युलियन्स स्कुलको गाडी तोडफोड गरेका हुन् ।

साे संगठनले आज देशभर शैक्षिक हड्ताल घोषणा गरेको थियो ।

पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत जनताको आह्वान नमानेको ठहर गर्दै गाडी तोडफोड गरिएको संगठनका सचिव डीबी शाहीले जानकारी दिए ।

संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको साे संगठनकाे आरोप छ ।

यसअघि साेही विद्यार्थी संगठनले हिजो मात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्ती रघुजी पन्तको पुत्ला दहन गरेका थिए ।