बुटवल,२ साउन ।
सुख्खा पहिराेका कारण गुल्मीको रुद्रवेणी-वामी सडक अवरुद्ध भएको छ ।
गुल्मी जिल्लाकाे सत्यवती-५ बदरेभिर स्थित रुद्रवेणी वामी सडक खण्डमा आज बिहान ढुङगा माटो सहितको सुख्खा पहिरो खसेर सडक पुर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
नेपाल प्रहरी,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जाल मार्फत सुचना जारी गरि साे सडक खण्डमा आज बिहान ६:३० बजेको समयमा ढुङगा माटो सहितको सुख्खा पहिरो खसेर सडक पुर्ण रुपमा अवरुद्ध भएको जानकारी गराएको हो ।
अवरूद्व सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








