बुटवल,३१ असार ।
पहिराेका कारण अवरुद्ध रहेको गुल्मी स्थित कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ ।
जिल्लाकाे कालीगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नं. १ गरगरे क्षेत्रको सडक खण्डमा चट्टानसहितको ठूलो पहिरो खस्दा आइतबार बिहानदेखि अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
ठूलो चट्टानसहितको पहिरो हटाएसँगै मंगलबार दिउँसोबाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ ।
सडक सुचारु भएपछि सवारीसाधनहरू पुनः गन्तव्यतर्फ आवतजावत गर्न थालेका छन् ।
स्थानीय तह र सडक कार्यालयको समन्वयमा पहिरो पन्छाइएकाे प्रहरीले जनाएको छ ।
लगातारको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेकाे छ ।








