नवलपरासी,२५ असार ।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकको दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।

गयरातीको बर्षाको कारण दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग बग्न गएकोले हाललाई सो सडकखण्ड पूर्ण अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बुटवल-नारायणगढ सडक आयोजनाले सडकको मर्मत शुरु भएको र यथासम्भव छिटो सुरु हुने पनि जानकारी गराएको छ ।

उता,पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

पाँचथरको फिदिम-४ र हिलिहाँङ-७ को संगम स्थल हेवाखोलास्थित मेचीराजमार्ग अन्तर्गत रहेको हेवा खोलामा आएको बाढी डाईभर्सन भन्दा माथीबाट पानि बगिरहेको हुँदा मेची राजमार्ग सडक खण्ड पुर्ण रुपमा अवरुद्ध रहेको हो । ।