बुटवल,१६ असार ।
बुटवल स्थित न्यू होराइजन अंग्रेजी आवासीय माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरेको छ ।

सोमबार विद्यालयमा एक कार्यक्रमकाबीच बधाई तथा शुभकामनासहित विद्यार्थी र अभिभावकहरूलाई सम्मान गरीएको हो ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

विद्यालयका ब्यवस्थापन अध्यक्ष कसजुले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं उज्जवल भविष्यको शुभकामना दिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य उपाध्यायले गुणस्तरीय शिक्षाका लागि विद्यालय सधैँ दत्तचित्त रहेको बताए ।

शिक्षक, विद्यार्थी र अभिभावकहरुको मेहेनतकै कारण संस्थागततर्फ बुटवलमा पहिलो र न्यू होराइजनको इतिहासमै सर्वोकृष्ट नतिजा आएको उनले बताए । यहाँ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृतिको समेत व्यवस्था गरिने उनले बताए ।

कार्यक्रममा बोल्दै ४ जीपिए ल्याएका विद्यार्थी बेदान्त गौतमले न्यू होराइजनमा अध्ययनका लागि उत्कृट शैक्षिक वातावरण रहेको बताए । साथै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने योजना बनाएको बताए ।

यस्तै अभिभावक गंगाराम भट्टराई र सुमित्रा शर्मा लागायतले बोल्दै हरेक वर्ष उत्कृट नतिजा र राम्रो शैक्षिक वातावरण भएका कारण बुटवल बाहिरका विद्यार्थी र अभिभावकको रोजाइमा न्यू होराइजन पर्ने गरेको बताए ।

एसईई पछिको उच्चशिक्षामा बालबालिकाहरुको रुचि र चाहाना अनुसारको विषय छनोट गरी भर्ना गरेमा सफल हुन सकिने बताउँदै उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे ।

एसईईमा न्यू होराइजनबाट ११ जना बिद्यार्थीले ४ जीपीए, १२५ जना बिद्यार्थीले ‘ए प्लस’, ९९ जना बिद्यार्थीले ‘ए’, ५९ जना बिद्याथीले ‘बि प्लस’ र ६ जना बिद्यार्थीले ‘बि’ ग्रेड ल्याउन सफल भएको विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी दिए ।

साथै कक्षा ११–१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्न चाहाने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापकसँगै उत्कृष्ट वातावरण रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत तथा शिक्षक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।