काठमाडौं, १३ असार ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिए ।

२०८१ को एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।