बुटवल,१२ असार ।
पहिरो र बाढीका कारण पुर्व पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडकखण्डसहित देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार पूर्व-पश्‍चिम राजमार्ग अन्तर्गत नवलपरासी (पूर्व) बिनयी त्रिवेणी स्थित बिनयी खाेला र रुकुम पश्‍चिमको रिजिगार खोला, जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

विहिवार बिहान ९ बजेसम्मको अपडेट अनुसार नवलपरासी (पूर्व) : बिनयी त्रिवेणी गा.पा. मा पूर्व-पश्‍चिम राजमार्ग बन्द रहेको छ ।

निर्माणाधिन नारायणघाट-बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेल सम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाईएको छ । प्रत्येक साँझ ०७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको हुँदा सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्नुहुन सबैमा अनुरोध गरिएको छ । त्यस्तै असार १० गते देखि उक्त स्थानमा सवारी साधनहरुको चाप भई सडकको बिभिन्न स्थानहरु बिग्रिएको कारण सडक मर्मत गर्ने ग्यारेन्टी नभए सम्म बिनयी त्रिवेणी गाउँपालिकाले सोही रुट हुँदै पूर्व पश्चिम आवात जावात गर्ने एम्वुलेन्स र मोटरसाइकलबाहेकका सम्पूर्ण सवारी साधनहरुलाई चल्न रोक लगाइएको छ । त्यस्तै असार १० अपराहन्न यात्रु वहाक सवारी साधनलाई मात्र सम्बन्धित निकायसँग समन्वय गरी खुलेको अन्य मालबहाक सवारी साधनहरु यथास्थानमा एक लेनमा रोकिएको छ ।

रुकुम पश्‍चिम : आठबिसकोट-६ रिजिगार खोला, जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । असार ९ गते रिजिगार खोलामा पानीको वहाब बढेको हुनाले जाजरकोट-डोल्पा-भेरी करिडोर सडक खण्ड पूर्ण रुपमा अवरोध रहेको छ भने पानीको वहाब घटे पश्‍चात् सडक सञ्चालन हुनेछ ।

संखुवासभा भोटखोला-४ बरुणखोलास्थित कोशी राजमार्ग अवरुद्ध रहेको छ । असार ६ गते संखुवासभाको भोटखोला-४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अबरोध भएको छ ।

सिन्धुली : विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने सडक रातिको समयमा १५(प्रन्ध) दिन बन्द रहेको छ । हाल देशमा मनसुन सक्रिय भएकोले बर्षातका कारण विपदको घटना हुन नदिनको लागी असार ६ गतेदेखि २० गतेसम्म बेलुका १८:३० देखि विहान ०५:०० बजे सम्म विपि राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाण्डौ जाने आउने दुबै तर्फका सार्वजानिक-निजि सवारी साधनलाई आवागमनमा रोक लगाईएकोले उक्त अबधिभर राजमार्ग पूर्णरुपमा बन्द रहेको छ ।

ललितपुर : ललितपुरमा असार १० गतेदेखि अर्को सुचना नआएसम्मको लागि हाल भइरहेको बर्षातको समयलाइ मध्यनजर गरी आम नागरिकको जिउ धनको शुरक्षालाई ध्यानमा राखी बेलुका १९ बजेदेखी बिहान ६ बजेसम्मको लागी कान्ति लोकपथको बाटोमा सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको जिल्ला शुरक्षा समिति ललितपुरबाट निर्णय भएको छ ।

ललितपुरकै कान्तिलोकपथ अबरुद्द । असार ११ गते बागमती-३ भट्टेडाँडा छपेलीमा माथिबाट पहिरो आई कान्तिलोकपथ पूर्ण रुपमा अवरोध भएको छ ।

मकवानपुर : त्रिभुवन लोकपथ सडक अबरुद्द । असार ११ गते मकवानपुरको भीमफेदि-१ त्रिभुवन लोकपथ सडक खण्ड अन्तरगत बादँरे भीर र बाघझोरामा बर्षातको कारण बाटो माथिबाट पहिरो खसि बाटो पुर्ण रुपमा अवरोध भएको विहिवार बिहान ६:४० बजेबाट एकतर्फी सुचारु भएको छ ।