बुटवल,९ असार ।
पहिरोले कालीगण्डकी कोरिडोर पनि अबरुद्ध भएको छ ।
कोरिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाँउपालिका १ गरगरे हर्मिचौर खण्डमा सडक माथिबाट पहिरो खस्न गई आज मध्यान्ह १२:०० बजेदेखि सडक पुर्ण रुपमा अबरुद्ध रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले सामाजिक सञ्जालमा सुचना जारी गरि सडक अबरुद्ध रहेको जानकारी गराएको हो ।
अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको पनि साे कार्यालयले जनाएको छ ।
बर्षाका कारण आएको बाढी पहिरोले पुर्ब पश्चिम राजमार्गकाे बुटवल-नारायणगढ सडक अन्तर्गत दाउन्ने दुम्किबास खण्डलगायत देशका अन्य केही सडक अबरुद्ध भइरहेका बेला कालीगण्डकी कोरिडोर पनि अबरुद्ध भएको हो ।








