काठमाडौ,४ असार ।
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु भएको छ ।

इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि सरकारले नामावली संकलन सुरु गरेको हो ।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गर्दै त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।

हाल इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली रहेको सरकारी तथ्यांक छ । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताएका छन् ।