काठमाडौँ,४ असार ।
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित हासिल गरेको छ ।

जारी सिरिजमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए । त्यस्तै किरण ठगुन्नाले १० रन बनाए भने लोकेस बमले ९, कप्तान रोहित पौडेलले ७, अनिल शाहले ३, रुपेश सिंहले ३ र करण केसीले अविजित ३ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए ।

योसँगै यस सिरिजमा नेपालले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको स्कटल्याण्डले दोस्रो खेलमा हार बेहोरेको छ ।

सिरिज अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दैछन् ।